काठमाडौँ- कोशी प्रदेश सरकारमा सहभागी माओवादी पार्टीका मन्त्रीहरूले राजीनामा बुझाएका छन्।
नेकपा माओवादी केन्द्र कोशी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेलत्तगै माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ।
कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती थिए।


