काठमाडौँ- सभामुख देवराज घिमिरेले बोलाएको ४ दलका शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको हो।
कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै संसदीय छानबिन समितिको गठन गर्न सरकार तयार हुनुपर्ने पुरानै माग दोहोर्याएको थियो।
बैठक सकिएपछि कांग्रेस प्रमुख सचेतक लेखकले पत्रकारहरूसँग कुराकानी गर्दै संसदीय छानबिन समिति गठनको विषय यथावत रहेको बताए।
‘हामीले संसदीय समिति गठनको माग गरेका छौं,’ उनले भने, ‘अहिलेसम्म हामीले संसद अवरोध गरेका छैनौं। सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत हुँदैछ। सरकार बिचल्लीमा परेका नागरिकप्रति गम्भीर हुन सकेको छैन। अब संसदका कुनै बैठक वा कुनै पनि कामकारबाहीहरू अवरूद्ध भए भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ,’ उनले भने, ‘सरकार कसरी प्रस्तुत हुन्छ त्यसमा भर पर्छ।’
रास्वपाका सन्तोष परियारले कांग्रेसले संसदीय छानबिन समितिको बालहठ प्रस्तुत गरेकाले कुनै सहमति हुन नकसेको बताए।


