काठमाडौं- नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।
बुधबारको राष्ट्रिय सभा बैठकमा बहुमत सदस्यले विपक्षमा मतदान गरेपछि उनी निर्वाचित हुन नसकेकी हुन्।
कांग्रेस र लोसपाले पुडासैनीलाई समर्थन गरे पनि जितका लागि आवश्यक मत पुडासैनीले पाउन सकिनन्।
पुडासैनीको पक्षमा १६ मत पर्दा विपक्षमा ३९ मत परेको राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले घोषणा गरे।
५९ सदस्य रहेको राष्ट्रिय सभामा ५५ जना उपस्थित रहेका थिए। प्रस्ताव पारित गराउनका लागि बहुमत सांसद अर्थात् कम्तीमा ३० जनाको समर्थन चाहिन्छ।
पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत भएपछि एमालेकी विमला घिमिरे स्वीकृत हुने देखिएको छ।
घिमिरेको पक्षमा एमाले, माओवादी र नेकपा एस खुलेका छन्।
घिमिरेको जितका लागि आवश्यक मत उनीहरूसँग छ।


