काठमाडौँ- नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले संसद् प्रवेशका लागि संसद सचिवालयमा निवेदन दर्ता गराएका छन्।
सर्वोच्च अदालतले निलम्बन गर्न नपर्ने आदेश दिएपछि गुरुङले संसद प्रवेशका लागि निवेदन दिएका हुन्।
भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन भएको भन्दै संसद सचिवालयले २०७९ पुस १२ गते स्वतः निलम्बनमा परेको सूचना जारी गरेको थियो।
चुनावमा उनी मनाङबाट प्रत्यक्ष निर्वाचित भएका थिए। निलम्बन परेपछि सर्वोच्च पुगेका गुरुङलाई निलम्बन गर्न नपर्ने आदेश सर्वोच्चले चैत १६ गते दिएको थियो।
काठमाडौंको फनपार्कस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा अनियमितता गरेको आरोपमा उनी दोषी ठहर भएका हुन्।
गुरूङले पद तथा गोपनीयताको शपथ लिएपनि कायम प्रतिनिधि सभाको बैठकमा सहभागिता जनाउन पाएका छैनन्।
उनले निवेदनमा रोकिएका सेवासुविधा पनि पाउनुपर्ने माग गरेका छन्।


