काठमाडौँ- सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।
अधिकारीको नियुक्ति बदर माग गर्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।
अधिकारीको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिँदा सरकार शून्यताको अवस्था सृजना हुने भन्दै पूर्ण सुनुवाइका लागि वैशाख १० गतेलाई पेसी तोकिएको छ।
अधिकारीले सभामुखसमेतको समर्थन लिएर आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी गरेका थिए।
यसअघि कोशी प्रदेशमा तत्कालीन सभामुख बाबुराम गौतमसमेतको समर्थन लिएर गएका कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुखले नियुक्ति र शपथ दिलाएपनि सर्वोच्च अदालतले बदर गरिदिएको थियो।





