काठमाडौँ- सिद्धार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुर्याउने उदेश्यका नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको छ।
‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन’ गर्ने उद्देश्यले क्यालेन्डर निर्माण गरी सार्वजनिक गरिएको बैंकको भनाइ छ।
क्यालेन्डरमा नेपालको सातै प्रदेशमा कम परिचित तर आकर्षक पर्यटकीय स्थलहरुको जानकारी समावेश गरिएको छ।
क्यालेन्डरमा सोलुखुम्बुस्थित दूधकुण्ड, पर्सास्थित घडिअर्वा पोखरी, दोलखास्थित सैलुङ्ग र छोरोल्पा ताल, सिन्धुपाल्चोकको पाँच पोखरीलाई विशेष प्राथमिकता दिइएको छ।
यस्तै लम्जुङ्गको भुजुङ्ग गाउँ, मनाङ्गस्थित नारफु उपत्यका, पूर्वी रुकुमको टकसेरा गाउँलाई पनि क्यालेन्डरले हिस्सा बनाएको छ।
यसैगरी सल्यानको कुपिन्डे ताल, डोल्पास्थित अपर डोल्पा, बाजुराको बडिमालिका र कञ्चनपुर जिल्लामा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जजस्ता मनमोहक पर्यटकीय गन्तव्य समावेश गरिएको छ बैंकको भनाइ छ।
क्यालेन्डर बैंकको वेबसाइटमा गएर हेर्न तथा डाउनलोड गर्न सकिन्छ।


