पोखरा- गण्डकी सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ। मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकबाट दुई थपेर ९ मन्त्रालय बनाउने निर्णय गरेको हो।
गण्डकी सरकारका प्रवक्ता एवं विनाविभागीय मन्त्री हरिबहादुर चुमानले स्वास्थ्य र आन्तरिक मामिला मन्त्रालय थप्ने निर्णय गरिएको बताएका हुन्।
सामाजिक तथा स्वास्थ्य मन्त्रालयलाई टुक्र्याएर स्वास्थ्य मन्त्रालय बनाउने र मुख्यमन्त्री मातहतको आन्तरिक मामिला हेर्न नयाँ मन्त्रालय बनाउने निर्णय गरेको हो।
यही चैत २५ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनले सभामुख समेतको समर्थन लिएर खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए। उनको दाबीलाई प्रदेप्रमुखले स्वीकृत गरेपछि निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
पाण्डेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अधिकारी सरकारलाई कामचलाउ सरकार बनाइसकेको छ। अधिकारी सरकारला२ दीर्घकालीन प्रकृतिका निर्णय नगर्न बुधबार आदेश दिएको छ।


