काठमाडौँ – नेपाल टेलिकमले नयाँ वर्षको पूर्वसन्ध्यामा स्प्रिङ अफर २०८० ल्याएको छ। आकर्षक प्याक तथा सुविधाका साथ यो अफर ल्याइएको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए।
यो अफरमा सहुलियत दरमा नयाँ भ्वाइस तथा डाटा प्याकेज ल्याएको हो। रु. १८ मा १ दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक ल्याइएको छ। यस्तै रु ३५ मा २ घण्टासम्म प्रयोग गर्न सकिने दुई घण्टा अनलिमिटेड डाटा प्याक पनि छ।
नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक रु. ५९९ मा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ।
नयाँ डाटा प्याकेज अन्तर्गत रु. २४ मा एक घण्टा भ्वाइस तथा डाटा प्याकेज उपलब्ध हुनेछ। सो प्याकेज खरिद गरेमा एक घण्टा सम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ।
त्यसैगरी रु. २० मा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र रु. ८० मा ३ दिन सम्म चलाउन सकिने तथा रु. १०९ मा ७ दिन सम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ। यीबाहेक रु. ३९९ मा २८ दिन सम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ।
यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको छ।
जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ।


