काठमाडौँ- नँया वर्षको अवसर पारेर नेपाल बुलेट हाउसको आयोजनामा काठमाडौँ-रामेछाप रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल राइडको आयोजना भएको छ।
आन्तरिक पर्यटन प्रवर्धन गर्ने भन्दै नेपाल बुलेट हाउसले नेपालको प्रवर्द्धनका लागि उदयमान गन्तव्यहरूको टु ह्विलर राइड मार्फत दिगो पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले काठमाण्डौंदेखि रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रहेको चर्चित ताँवे डाँडासम्म बुलेट मोटरसाइकल यात्राको आयोजना गरेका हो।
रोयल इनफिल्ड बाइकका राइडरले नेपाल बुलेट हाउसको अगुवाईमा काठमाडौँदेखि ताँवे डाँडा, दोलखाको जिरी हुँदै काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ।
विभिन्न जाति, भाषा, धर्मको विषयमा निकै विवाद भइरहेको बेला हामीले पहिला नेपाली हुन सक्नुपर्ने भन्दै आपसी भाइचारा र पर्यटन प्रवर्धनका लागि टु ह्विलर यात्रा गरेको नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले बताए।
‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौं’ राइड फर नेसन भन्ने नाराका साथ २२ वटा रोयल इन्फिल्ड मोटरसाइकलमा २७ जनाको सहभागिता रहेको कार्कीले बताए।
चैत्र ३० गते काठमाडौँबाट निस्केको राइडरहरुको टोलीले २०८१ वैशाख १ गते रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका स्थिते चर्चित ताँवे डाँडामा विषेश कार्यक्रमका साथ वनभोजको आयोजना रहेको अध्यक्ष कार्की ले बताए।
यात्रालाई कलाकार निखिल उप्रेतीले शुभकामना दिँदै बिदाइ गरे। वैशाख २ गते काठमाडौँ फर्कने योजनाका साथ टोली यात्रामा निस्किएको हो।







नेपाल फोटो लाइब्रेरी


