२०८३ कार्तिक १९ गते बुधबार

नेपाल भारतबीचको सम्बन्ध अतुलनीय : मुख्यमन्त्री यादव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १
mantri yadhap

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताएका छन्।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौँद्वारा नयाँ वर्षको अवसरमा आज जनकपुरधाममा आयोजित ‘द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै उनले नेपाल–भारतबीचको सम्बन्ध हिमालभन्दा पनि उचो र समुद्रभन्दा पनि गहिरो रहेको बताए।

नेपाल–भारतबीचको सम्बन्ध दुई देशको सरकारभन्दा पनि जनता–जनताबीच रहेको उल्लेख गदै मुख्यमन्त्री यादवले भने, ‘यो कुराको पुष्टि रामलालाको प्राणप्रतिष्ठाको बेला दुवै देशमा देखिएको हर्षोत्सवले गरिसकेको छ।’

सीमा क्षेत्रमा सुरक्षा र राजस्वको क्षेत्रमा हुनसक्ने समस्या समाधानका लागि दुवै देशका सरकारले छलफल गरी दुवै देशलाई हित हुनेगरि कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा मुख्यमन्त्री यादवले जोड दिए।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीना र भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव गीताञ्जलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहसहितका वक्ताले सांस्कृतिक कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।

कार्यक्रममा संस्कृति एवं अर्थविद् डा. हरिवंश झाले माता जानकी लीला प्रसङ्गबारे चर्चा गरेका थिए। महोत्सवमा दुई देशका नारीहरूको साझा पहिरन ‘साडी’को प्रदर्शनीका साथै विभिन्न किल्लाहरूको फोटो प्रदर्शनी गरिएको थियो।

महोत्सवअन्तर्गत आज साँझ सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरिने छ। कार्यक्रममा मधेस प्रदेशसभाका सदस्यलगायत विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो।

प्रकाशित: २०८१ बैशाख १ गते शनिवार ०७:१५
प्रतिक्रिया

थप समाचार

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना