काठमाडौँ- सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)का अध्यक्ष मनोहर दास मूलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
इन्स्योरेन्सको २०८० साल चैत्र २७ गते मंगलबार सम्पन्न साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको सोही मितिमा सम्पन्न बैठकले कम्पनीको अध्यक्षमा मनोहर दास मुललाई नियुक्त गर्ने निर्णय गरेको थियो।
आइतबार नवनियुक्त अध्यक्ष मुलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष शपथग्रहण गरे।
शपथग्रहण समारोहमा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुंगेल अधिकारी एवं कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो।


