काठमाडौँ- कोकाकोलाले ‘ड्रिंक एण्ड विन’ अफर सार्वजनिक गरेको छ। यो योजनामा सहभागीहरूलले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीको दाबी छ।
‘ड्रिंक एण्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबी (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्को मूनी हेरेर पुरस्कार रकम दाबी गर्न सक्छन्।
कम्पनीको यो योजना मार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुनेछ।
‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ।


