काठमाडौँ- आज नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ।
सत्ता गठबन्धनको प्रमुख दल एमालेको संसदीय दलको बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ।
साथै, संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने ? र समितिमा रहेका विचाराधीन विधेयकहरुको बारेमा छलफल हुने एमालेले जनाएको छ।


