काठमाडौँ- मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा बनेपामा सम्पन्न भएको छ।
साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।
उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारिन्। साथै, सभाका सहभागीले राखेको जिज्ञासाको जवाफ पनि दिएकी थिइन्।
सभाले आव ०८०/८१ का लागि बाह्य लेखा परीक्षकको नियुक्तिको प्रस्तावसमेत पारित गरेको छ।
स्थापनाको पाँच वर्ष पूरा गरेको संस्थाले गत आव सम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।
