काठमाडौँ- शिवम् सिमेन्ट सर्वाधिक बिक्री हुने सिमेन्ट बनेको छ।
कम्पनीले हालसम्म १३ करोड ३१ लाख बोरा ओपिसी सिमेन्ट बिक्री गरी सर्वाधिक बिक्री हुने सिमेन्ट बन्न सफल भएको कम्पनीको दाबी छ।
अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुनढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ।
त्यस्तै, सर्वसाधारणका लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनीसमेत हो।
कम्पनीले ४३ र ५३ ग्रेडमा ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ।
शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी भएको बताइएको छ।
सन् २००३ मा मध्य–नेपालको हेटौँडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुंगाको प्रयोग गरी दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ।


