स्याङ्जा– वालिङ नगरपालिका-१३ बायाटारीस्थित सडकमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ।
सर्लाही मलंगवा नगरपालिका-६ घर भई स्याङ्जा गल्याङ नगरपालिका-१ खहरे बस्ने २० वर्षीय अमित साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सोमबार बिहान बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ६८९७ नम्बरको बसबाट खसेर साहको मृत्यु भएको हो।
बसबाट खसेका साहलाई सोही बसको पछाडिको टायरले किचेको थियो।
गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे सोधपुछ गरिरहेको छ।


