काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गर्न नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन्।
सुदूरपश्चिममा कांग्रेसलाई समर्थन गरेपछि केन्द्रीय गठबन्धन डगमगाइरहेका बेला नेता खनाल प्रधानमन्त्रीलाई भेटन बालुवाटार पुगेका हुन्।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र नेता खनाबीच वर्तमान समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ।
एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धन धरापमा परेको छ । अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली सहमतिबाट पछि हटेकोले गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएका छन् ।


