काठमाडौँ- नेपाल एसबीआई बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नेपाल एसबीआई ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ।
बैंकले ऋणपत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता पत्रमा एसबीआई बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिंङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ।
