काठमाडौँ- राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनित भएकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले डा शाक्यलाई मनोनित गरेका हुन्।
३० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ।
एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ पनि राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित सांसद हुन्।
२०७८ चैत २५ गते राष्ट्रिय सभा सदस्य बनेका उनी २०८० फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएका थिए।
२०७७ असोज १ गते वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए।


