काठमाडौँ- भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटल्स तथा रिसोर्टसबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको छ।
सोल्टी होटल्स तथा रिसोर्टसको लोयल्टी प्रोग्राम हेरिटेज क्लबका सदस्यहरुले इसेवाबाट सोल्टी होटल्स तथा रिसोर्टसको कुनै पनि होटलमा बसाइ बुकिङमा तथा खान पान गरे वापत क्यासब्याक र लोयाल्टी पोइन्ट पाउने व्यवस्थाका लागि इसेवा र सोल्टी होटल्स तथा रिसोर्टस ब्राण्डबीच सम्झौता भएको हो।
सो सम्झौतामा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र स्ट्रिम पीक इन्टरनेशनल प्रालि का सञ्चालक तथा सोल्टी होटल लिका उपाध्यक्ष सुदर्शन चापागाइँले हस्ताक्षर गरेका छन्।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सोल्टी होटलले आफ्ना प्रयोगकर्तालाई केन्द्रबिन्दुमा राखेर रिवार्ड पोइन्ट कार्यक्रम सञ्चालन गर्नु आतिथ्यसत्कार क्षेत्रका लागि लागि उदाहरणीय कार्य भएको बताए।
साथै प्रविधिको साथ लिएर आफ्ना प्रयोगकर्तालाई फराकिलो सेवा दिनुले सेवाग्राहीलाई निकै नै सहज र सरल हुने उनको भनाइ थियो।
सोल्टी होटल र इसेवाको यो सहकार्यले विदेशी र स्वदेशी दुवै पर्यटकहरुलाई निकै सजिलो र सहज हुनेछ।
लोयल्टी पोइन्टद्वारा इसेवा प्रयोगकर्ताहरुको लागि अब होटल तथा खानपानका लागि रेष्टूराँ बुकिंगमा थप सहजीकरण र फाइदाजनक हुने भएको हो।
यस्तै सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले इसेवाले आर्थिक क्षेत्रमा गरेको योगदानले नेपाल तथा नेपालीहरुबाट हुने कारोबारको प्रक्रियालाई निकै नै सहज बनाएको बताए।
इसेवा र सोल्टी होटेल्स तथा रिसोर्टसको यो सहकार्यले सोल्टीको लोयल्टी पोइन्ट प्रयोगकर्तालाई धेरै सजिलो हुने उनको भनाइ छ।
इसेवाका प्रयोगकर्ताहरुले पनि सोल्टी होटल्स तथा रिसोर्टसका विभिन्न सेवा सुविधाहरुको प्रयोगबाट सोल्टीको लोयल्टी प्रोग्राममा आबद्व हुनका लागि समेत बाटो खुलेको उनले बताए।
साथै इसेवाबाट सोल्टी होटल्स तथा रिसोर्टसका सबै होटलहरुमा सहजै बुक गर्न मिल्ने छ।
