धनगढी– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गरेका छन।
माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
उनले बिहीवार प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।
माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ जनाको समर्थन आफूलाई रहेको भन्दै सोडारीले दाबी पेस गरेका हुन्।
यद्यपि नाउपाका ५ जना सांसदले भने सोडारीको पक्षमा नरहेको बताइएको छ।
सुदूरपश्चिममा कांग्रेसका १८, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा पनि छन्।
प्रदेशमा मुख्यमन्त्रीका लागि २७ प्रदेश सभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ।
