काठमाडौँ- जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका -५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा४ ख ५६१६ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो।
सडकबाट १०० मिटर तल खसेको बसमा सवार ५४ जना घाइते भएको प्रहरीले जनाएको छ।


