विराटनगर– कोशी प्रदेशसभामा एमाले र माओवादीले पेस गरेको संकल्प प्रस्ताव पारित भएको छ। ९३ सदस्ययीय प्रदेशसभामा प्रस्तावको पक्षमा ५२ जना प्रदेशसभा सदस्य उभिएका हुन्।
ध्वनिमतका साथ साथ प्रस्ताव पारित भएको थियो। ध्वनि मतले पास भएपछि मत विभाजन गर्ने व्यवस्था नभएको भन्दै कांग्रेस र एकीकृत समाजवादीका प्रदेशसभा सदस्य सहभागी भएनन्।
३ जना प्रदेशसभा सदस्य भने तटस्थ उभिए।
सभाको विशेष अधिवेशनमा नेकपा एमालेको प्रस्ताव र नेकपा माओवादी केन्द्रको समर्थनमा भएको संकल्प प्रस्ताव पास भएको हो।
उक्त प्रस्तावमा मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनका लागि बाटो खुला गर्नुपर्ने उल्लेख छ।


