काठमाडौँ- एसिसी मेन्स प्रिमियर कप टी-२० क्रिकेटमा आज नेपालले तेस्रो स्थानका लागि भिड्दै छ।
ओमानमा जारी प्रतियोगितामा सेमीफाइनल खेलमा पराजित भएको नेपालले आज हङकङसँग तेस्रो स्थानका लागि खेल्न लागेको हो।
ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार खेल अपराह्न सवा ४ बजे हुनेछ।
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो। यस अघि शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो।
तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ।
त्यस्तै एसीसी प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन्।


