काठमाडौँ- नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रस्तुत भएका प्रतिवेदनमाथिको छलफल गर्न गठन गरिएका ६ टोलीले निष्कर्ष सुनाएका छन्।
शनिबार उद्घाटन भएको परिषद् बैठकमा विभिन्न टोलीका प्रतिनिधिहरूले प्रतिवेदनहरूमाथि छलफल गरेर निष्कर्ष सुनाएका हुन्।
समूह एकको तर्फबाट मोहनमाया ढकालले निष्कर्ष सुनाएकी थिइन्। यस्तै समूह २ को कृष्णप्रसाद जैसी र समूह ३ को ठाकुर गैरेले निष्कर्ष पेस गरेका थिए।
समूह ४ को शान्ति पाख्रिन, समूह ५ को ऋषिकेश पोख्रेल र समूह ६ को श्याम बस्नेतले समूहकातर्फबाट निष्कर्ष सुनाएका छन्।
परिषद् बैठक आइतबार नै समापन गर्ने एमालेको तयारी छ।


