काठमाडौँ- एक पुरुषको मलद्वारमा १ महिनादेखि बोत्तल अडएिको थियो भन्ने सुन्दा अच्चम लाग्ला। तर, यो वास्तविक घटना हो ।
यो घटना गोरखा जिल्लाको हो। गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ। आइतबार गोरखा अस्पतालमा शल्यक्रिया गरेर ती पुरुषको मलद्वारबाट बोत्तल निकालिएको हो।
एक महिनाअघि देखि किटनाशक औषधी राख्ने मेटलको बोत्तल अड्किए पनि सिरियस भएपछि मात्र अस्पताल भर्ना भएका उनको करिब ३ घण्टाको अप्रेशन पश्चात बोत्तल निकालिएको हो।
ती पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लामो र ७.५ सेन्टिमिटर चौडाइको बोत्तल निकालिएको गोरखा जिल्ला अस्पतालले जनाएको छ। बोत्तल अड्किएको लामो समय भएकाले पेटमा संक्रमण पनि फैलिसकेको अस्पतालको भनाइ छ।
अप्रेसन गरेर बोतल निकालिए पनि बोत्तल कसरी उनको मलद्वारभित्र अड्कियो भन्ने विषयमा हालसम्म कसैलाई थाहा छैन।


