काठमाडौँ- नेपालको तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्ला समय दिन प्रतिदिन तापक्रम बढ्न थालेपछि महाशाखाले तातोहावा चल्न सक्ने अनुमान गरेको बताएको छ।
महाशाखाका अनुसार केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको छ।
विभागको तथ्यांकअनुसार सोमबार दिउँसो अधिकतम तापक्रम भैरहवामा ४०.९ र सिमरामा ४० डिग्री सेल्सियस मापन भएको छ। यस्तै जनकपुरमा ३९.४, धनगढीमा ३८.८ र नेपपालगञ्जमा ३८.४ डिग्री सेल्सियस मापन भएको छ।
महाशाखाका अनुसार धनुषादेखि कञ्चनपुरसम्म (चितवन र नवलपुरबाहेक) का क्षेत्रमा १४ वैशाखसम्म अध्यधिक गर्मी हुने सम्भावना छ। तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले त्यस क्षेत्रकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।


