काठमाडौँ- सामाजिक सञ्जालको प्रयोग गरेर कतिले राम्रो आम्दानीको स्रोत बनाएका छन्। कतिपयले यसको दुरूपयोग गरिरहेका छन्।
सामाजिक सञ्जालको दुररुपयोग गरेर पैसा कमाउन लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जाल फेसबुकमा पाथिभरा माता नाम गरेको फेक आईडी खोलेर विभिन्न रोजगारिको अफर गरिन्थ्यो। रोजगारिका लागि शारीरिक फिटनेस अनलाइनबाट चेक हुन्थ्यो र नग्न भिडियो बनाइन्थ्यो।
रोजगारीका लागि अनलाइनबाटै मेडिकल जाँच भन्दै नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले सिन्धुलीको तीनपाटन गाउँपालिका–८ घर भई काठमाडौं बूढानीलकण्ठ बस्दै आएका ३६ वर्षीय कमलप्रसाद अधिकारीलाई पक्राउ गरेको छ।
पक्राउ परेका अधिकारीविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए।
यसरी सामाजिक सञ्जालमा केही व्यक्तिले भनेको भरमा आफ्नो गोपनीयता भंग नगर्न पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ।


