२०८३ कार्तिक १२ गते बुधबार

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ११
cricket tournament

काठमाडौं – पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता आगामी वैशाखको १३ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) को सम्बन्धन प्राप्त २० वटा बिबिए कलेजहरूले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी पाएको म्यान क्यान डुका म्यानेजर सुनील थापाले जानकारी लिए। उक्त प्रतियोगिताको खेलहरू पुलचोक इन्जिनियरिङ क्याम्पसमा आयोजना हुनेछन्। नकआउटका आधारमा हुने प्रतियोगिता दश दिनसम्म चल्नेछ। पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले सबै सहभागी कलेजले उत्कृष्ट तवरले अनुशासनमा रहेर प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरे।

विगत एक दशक देखि नियमित आयोजना हुँदै आएको प्रतियोगितालाई यस पटक ‘म्यान क्यान डु’ प्रालिले व्यवस्थापन गर्नेछ। प्रतियोगिताको विजेताले ट्रफीका साथै ९० हजार रुपैयाँ तथा उपविजेताले ४० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार पाउनेछन्। उत्कृष्ट ब्याटर र बलरले समान पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्लेयर अफ दी म्याचलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको समूह ‘ए’ र समूह ‘बी’ समान १० कलेजले प्रतिस्पर्धा गर्नेछन्।

दुवै समूहमा नकआउट प्रतिस्पर्धा हुनेछन्। समूह ‘ए’ मा नकआउटमार्फत विजेता टोलीले समूह ‘बी’ को विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ मा पब्लिक युथ क्याम्पसले चितवनको वीरेन्द्र बहुमुखी क्याम्पससँग, पाटन बहुमुखी क्याम्पसले आइएमएस कलेजसँग, विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले शंकरदेव क्याम्पससँग, पिपुल्स क्याम्पसले नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पससँग, काठमाडौंको क्याम्पियन कलेजले काठफोर्ड कलेजसँग प्रतिस्पर्धा गर्नेछन्।

समूह ‘बी’ तर्पm कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इनफरमेसन टेक्नोलोजी (केसिएमआइटी) ले नेपाल कमर्स क्याम्पससँग, युनिभर्सल कलेजले पोखराको जनप्रिय बहुमुखी क्याम्पससँग, के एन्ड के कलेजले भत्तपुर बहुमुखी क्याम्पससँग, सैनिक आवासीय महाविद्यालयले काठमाडौं मोडल कलेजसँग र सरस्वती बहुमुखी क्याम्पसले किस्ट कलेजसँग खेल्नेछन्। एउटा टोलीमा १५ खेलाडी राख्न पाउने आयोजकले जनाएको छ।

व्यवस्थापकीय जिम्मेवारी पाएको ‘म्यान क्यान डु’ का म्यानेजर सुनील थापाले मूलपानी क्रिकेट मैदानमा आयोजना गर्ने गरी प्रतियोगिताको तयारी गरिए पनि नेपालमा जारी एसिसी प्रिमियर कपमा सहभागी राष्ट्रको अभ्यास गर्नुपर्ने भएकाले अन्तिम समयमा पुलचोकमा आयोजना सार्नु परेको बताए। पब्लिक युथ पछिल्ला तीन संस्करणको विजेता टोली हो।

प्रकाशित: २०८० बैशाख ११ गते सोमबार ०९:००
प्रतिक्रिया

थप समाचार

अपराजित थाइल्यान्डलाई हराउँदै पहिलो जितको खोजीमा नेपाल

काठमाडौँ - त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज मंगलबार नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो...

तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतसँग इंग्ल्याण्ड फेरि पराजित

काठमाडौँ - तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतले इंग्ल्याइण्डविरुद्ध पाँच खेलको टी-२० श्रृंखलाअन्तर्गत दोस्रो खेलमा पनि जित निकालेको छ। हिजो राति भएको खेलमा भारतले इंग्ल्याण्डलाई २ विकेटले...

भिड्दै भारत र इंग्ल्याण्डबीच दोस्रो खेलः रिंकु आउट, दुवे र रमनदीप समावेश

एजेन्सी - भारत र इंग्ल्याण्डबीचको ५ वटा टी–२० म्याचको सिरिजको दोस्रो खेल आज चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुँदैछ। यो खेल भारतीय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ। टस साँझ ६ः३० बजे हुनेछ। सिरिजको...

पाँच वटा पिचसहित क्रिकेट मैदान निर्माण हुँदै

मनहरी (हेटौँडा) - यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार...

१७ वर्षीय आयुषले ११७ बलमा १८१ रन बनाउँदै बनाए विश्व कीर्तिमान

एजेन्सी - मुम्बईका १७ वर्षीय क्रिकेटर आयुष म्हात्रेले मंगलबार नागाल्याण्डविरुद्धको विजय हजारे ट्रफीको खेलमा ११७ बलमा १८१ रनको उत्कृष्ट इनिङ खेल्दै विश्व रेकर्ड बनाएका छन्। उनले लिस्ट ए क्रिकेटमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना