काठमाडौं – मूलपानीको माथिल्लो क्रिकेट मैदानमा आज नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको छ। तर खेल तालिका अनुसार साढे ९ बजे टस हुनुपर्नेमा साढे ११ बजिसक्दा पनि टस हुन सकेको छैन्।
समयमा टस हुन नसकेपछि खेलसमेत प्रभावित बनेको छ। आज दिउँसो भरी नै मौसम सफा नहुने अनुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ।
अहिले मुलपानीमा सिमसिम पानी पर्ने र रोकिने भइरहेको छ। गएराति नै परेको वर्षाको कारण मैदान पनि ओसिलो छ। यसकारण सुपर सावरले मैदानको पानी निकाल्ने कामसमेत भइरहेको छ।
यता सोमबार विहानबाट नै मैदानमा सामान्य वर्षा सुरु भएपछि मैदान थप पनि चिसो भएको छ भने पिच वरपर पालले ढाकिएको छ। एसीसी प्रिमियर कपबाट मुलपानी मैदानमा ५० ओभरका अन्तर्राष्ट्रिय क्रिकेट खेल सुरु भएको छ।
त्यस्तै, यो मैदानमा नेपालले आज पहिलो पटक अन्तर्राष्ट्रि खेल खेल्न लागेको हो। टसको लागि अन्तिम समय २ बजेको तोकिएको छ। अम्पायरको टिमले समय समयमा मैदान र पीचको निरिक्षण गरिरहेको छ।


