काठमाडौँ- नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सम्झौता र ७ समझदारी भएका छन्।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन नेपाली र कतारी पक्षको वार्तापछि ती सम्झौता र समझदारी भएका हुन्।
समझदारी तथा सम्झौता कार्यक्रम होटल सोल्टीमा भएको थियो। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा तमिम बिन हमाद अल थानीको उपस्थितिमा ती समझदारी आदानप्रदान भएको नेपाली प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए।
प्रतिनिधिमण्डलबीच भएको वार्तापछि दुईदेशका मन्त्रीहरूले ६ वटा (एक सम्झौतासहित) समझदारीमा हस्ताक्षर गरेका थिए। निजी क्षेत्रसँग दुईटा समझदारी भएका छन्।
६ वटामध्ये राष्ट्रिय समाचार समिति र कतार समाचार समितिबीच समाचार आदानप्रदान गर्ने विषयमा मात्र सम्झौता भएको सापकोटाले जानकारी दिए।
बाँकी ५ वटा भने सरकारी स्तरमा भएका समझदारीहरू हुन्। कला संस्कृति, शिक्षा, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबीच सहकार्यका लागि समझदारी भएका हुन्।
दुईटा समझदारी भने नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएका छन्।
यस्तो छ समझदारी



