पूर्वी नवलपरासी– कालीगण्डकी नदीमा दिदीबहिनीको शव फेला परेको छ।
बौदीकाली गाउँपालिकास्थित कालीगण्डकी नदी र बौदीकाली खोलाको दोभानमा दुवे जना मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार शनिबार साँझदेखि सम्पर्कविहीन भएका दिदीबहिनीको शव भेटिएको हो।
बौदीकाली-३ निवासी रेवत सारुमगरकी १४ वर्षीया छोरी नरिना र १७ वर्षीया लक्ष्मी धारामा कपडा धोएपछि नुहाउन भन्दै कालीगण्डकीमा प्रवेश गरेका थिए।
प्रहरी निरीक्षक कमल परियारका अनुसार गण्डकीमा नुहाउन जाँदा भुमरीमा परेका थिए।
दिदी लक्ष्मी सारू आइतबार कालीगण्डकी किनारमा डुबेको अवस्थामा मृत फेला परेकी थिइन्। बहिनी मंगलबार फेला परेकी हुन्।
शव पोस्टमार्टमका लागि पाल्पास्थित रामपुर अस्पताल पठाइएको छ।


