काठमाडौँ- नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता (एजेन्ट)लाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ।
देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल २०० भन्दा बढी अभिकर्तालाई मुक्तिनाथ मन्दिर दर्शन गराइएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०८० असोज र कात्तिकमा सञ्चालित अभिकर्ता मासिक योजनाअन्तर्गतमा उत्कृष्टहरूले यो अवसर पाएका हुन्।
कम्पनीका एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले भ्रमण कार्यक्रमबाट देशको आन्तरिक पर्यटन प्रवर्द्धनमा अभिकर्ताको योगदान पुगोस् भन्ने उद्देश्यले भ्रमण गराइएको बताए।
देशका विभिन्न स्थानका एजेन्टबीचको व्यावसायिक सम्बन्ध थप विस्तार होस् भन्ने उद्देश्यले भ्रमण गराएको कम्पनीले उल्लेख गरेको छ।
