काठमाडौँ- कनेक्ट आईपीएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने सुनौलो अवसर ल्याएको छ। अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरूले भुक्तानी गरेको रकम वा अधिकतम रु १० हजार सम्मको छात्रवृत्ति रकम प्राप्त गर्न सक्नेछन्।
यो अफर कनेक्ट आईपीएसबाट वैशाख ३१ गते सम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ। अफरको अन्त्य पछि कनेक्ट आईपीएसको आधिकारिक वेबसाइटमा बिजेताको जानकारी प्रकाशित गरिने छ। साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तिको रकम जम्मा गरिने छ।
अभिभावकहरू तथा विद्यार्थीहरूलाई कनेक्ट आईपीएसमार्फत अनलाइन फी भुक्तानी गर्न निकै सहज हुन्छ। कनेक्ट आईपीएस बाट ७०० भन्दा बढी स्कूलहरुको भुक्तानी गर्न सकिन्छ। भुक्तानीकर्ताले कनेक्ट आईपीएस को वेब वा एपमा लग इन गरी क्रेडिटर्स पेमेन्ट अन्तर्गत एजुकेसनल इन्स्टिच्युटमा क्लिक गरी स्कुलमा क्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कूल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्दछन्।
साथै शैक्षिक संस्थाहरूले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्ट आईपीएसमा क्रेडिटरको रूपमा आबद्ध हुन सक्दछन्। यसका लागि आफ्नो सम्बन्धित बैंक वित्तीय संस्था सँग सम्पर्क गरी अनलाइन सेवा लिन सकिन्छ।


