इलाम- इलाम-२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ।
दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार ६० हजार मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
खसेको मत जम्मा मतदाता सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो।
इलाम-२ मा १ लाख १५ हजार आठ सय ८९ मतदाता छन्।
बिहान ७ बजेदेखि ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ।
इलाम-२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।
सो क्षेत्रमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।


