इलाम- इलाम २ को उपचिर्वाचनमा ५७ प्रतिशत मत खसेको छ।
१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।
मतदानको काम सम्पन्न भएकाले अब मतपेटिका सदरमुकाम ल्याउनका लागि सिलबन्दीको प्रक्रियामा रहेको अधिकृतिले बताए।
फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाका मतपेटिका ल्याउन तुलनात्मक रूपमा सकस छ।
