काठमाडौँ- नेपाल एसबिआई बैंकलाई नेपाल राष्ट्र बैंकले सम्मान गरेको छ।
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएको भन्दै बैंकलाई नियामकले सम्मान गरेको हो।
नेपाल राष्ट्र बैंकको ६९औं वार्षिक उत्सव समारोहको अवसर पारेर प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको हो।
गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देलाई प्रदान गरे।
नेपाल एसबिआई बैंक लिले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिसका साथै १२१ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ।


