२०८३ कार्तिक २४ गते सोमबार

साग बेचेरै लाख आम्दानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २३
sag

गलकोट (बागलुङ)– गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन्। गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीत उत्पादनको उपभोग हुने गर्दछ।

तर बागलुङको रायडाँडामा भने यो लागु हुँदैन। यहाँका किसानले सवारीसाधन कृषि उपजले भरेर बजार पठाउने गरेका छन्। यहाँ बाह्रैमास रायोको साग उत्पादन हुन्छ। अहिले यहाँको रायोको साग बागलुङ बजार हुँदै पोखरासम्म पुग्ने गरेको छ। कृषिमा निकै सम्भावना बोकेको रायडाँडामा उत्पादन भएको साग अहिले ब्राण्ड बनिसकेको छ। यहाँका किसानले व्यावसायिक रुपमा नै रायोको साग खेती गर्दै आएका छन्। रायडाँडाबाट प्रत्येक बिहान रायोको सागले भरिएको जीप बागलुङ बजार आउने गरेको छ।

रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मानिर्भर रहेको छ। यहाँका किसानले दैनिक एक पिक आप जिप भरी साग मात्रै बागलुङ बजार पठाउँदै आएको स्थानीय हिराबहादुर थापाले बताए। थापाले यहाँको साग मौसमी र बेमौसमी दुबै समयमा उत्पादन भइरहेको बताए।

‘दैनिक जसो एक जीप भरी रायोको साग बागलुङ बजार पुग्छ, चिसो ठाउँमा उत्पादन भएको रायोको साग बागलुङ बजारका व्यवसायीले धेरै मूल्य पाउन पोखरा पठाउने गरेका छन्’, थापाले भने, ‘हिले रायडाँडाको साग भनेपछि मूल्य बढी पर्न थालेको छ, रायडाँडाको साग पाएपछि उपभोक्ताले मूल्यमा सम्झौता गर्दैनन्, अहिले ताराखोलाको आलु र भाङ्गो भनेजस्तै रायडाँडाको साग भन्ने ब्राण्ड नै बनिसकेको छ।’

यहाँका बालिका थापा, रुद्रबहादुर थापा, दलबहादुर थापा, चन्द्रबहादुर थापा, तिलमाया थापा, टीकाबहादुर थापाले वार्षिक दुई लाखसम्म सागबाटै कमाउने गरी पाखोबारी भरी साग खेती गर्दै आएको बताए।

रायडाँडा टाढाको गाउँ भएकाले वर्षाद्मा भने बजारीकरणका लागि अझै समस्या रहेको थापाको भनाइ छ। वर्षाद्मा गाडी नचल्दा उत्पादन भएको साग गाई भैँसीलाई हाल्नुपर्ने बाध्यता रहेको स्थानीय कृषकको भनाइ छ।

‘एक वर्षमा रायोको साग मात्रै बिक्री गरेर एउटा किसानले तीन लाखसम्म कमाएको रेकर्ड छ, बजारमा मूल्य भने स्थिर छैन, अहिले धारापानीबाट एउटा जीपभरी साग मात्रै बजार जान्छ, कहिले धेरै कहिले थोरै मूल्य पर्छ, न्यूनतम रु २० मुठोमा बिक्री भएको पाइन्छ, त्यहाँका व्यापारीले हाम्रो साग पोखरा पठाएको पाइन्छ’ साग किसान बालिकाले भनिन्, ‘यहाँको कालो माटोमा रायोको साग निकै झाङ्गिन्छ, यहाँको साग खाएपछि अर्कोपटक माग आइहाल्छ, माग र उत्पादनलाई मिलाउन नसकेको मात्रै हो, बजारको तीन पसलमा रायडाँडाको रायोको साग जुनसुकै समयमा खरिद गर्न सकिन्छ।’

साग सस्तोमा बिक्री भए पनि उत्पादन धेरै गर्न सके राम्रो फाइदा हुने स्थानीय रुद्रबहादुर थापाले बताउनुभयो। यहाँको साग दैनिकजसो टिप्न सकिने बताउँदै थापाले माग बढेपछि उत्पादन बढाउन थालिएको बताए।

‘अहिले प्रचारप्रसार धेरै भएपछि माग समेत बढेको छ, रायडाँडाको साग पोखराका ठूला होटलमा समेत पुग्न थालेपछि साग खेती विस्तार गरिरहेका छौँ,’ उनले भने, ‘गाउँबाट रित्ता सवारी पठाएर बजारबाट भरेर गाउँ ल्याउने चलनलाई रायडाँडाले फरक सन्देश दिएको छ, यहाँबाट प्रत्येक दिन रायोको साग, मुला, काउली र बन्दाले भरिएको जीप बागलुङ बजार पुग्छ।’

बसाईसाईको चपेटामा रहेको रायडाँडाको धारापानीमा बगर बस्ती भएकाले कम बसाईसराई छ। रायडाँडावासीले रायोको सागसँगै मुला, काउली र बन्दा समेत उत्पादन गर्दै आएका छन्।

बागलुङ नगरपालिकाको सबैभन्दा टाढाको गाउँका रुपमा रहेको ११ नम्बर वडा रायडाँडा बसाईसराईले उजाडिएको गाउँ हो। तर यहाँको रायडाँडाको धारापानीका किसानले साग बिक्रीबाटै राम्रो आम्दानी समेत गर्दै आएका छन्।

यहाँ उत्पादन भएको रायोको साग निकै स्वादिष्ट भएपछि उपभोक्ताले खोजी–खोजी खाने गर्दछन्। यहाँको सागलाई सुरुमा सहकारीमार्फत् बजारीकण गर्न सघाएको बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए।

उनले किसानलाई बजारीकरणमा सघाएपछि अहिले किसानले आफैँ बिक्री गर्न थालेको गोतमको भनाइ छ।

प्रकाशित: २०८१ बैशाख २३ गते आईतबार ०१:१८
प्रतिक्रिया

थप समाचार

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

गाउँमै सम्भव छ: झाडी फाँडेर गरेको उद्यम, बदलिएको भुवाने

तनहुँमा १२ वर्षसम्म होटल व्यवसाय गरेका रमेश कोभिड–१९ को महामारीपछि जन्मथलो फर्किए। व्यवसाय प्रभावित भएपछि  २०७७ सालमा परिवारसहित गाउँ फर्किएका रावलले सडक छेउमै रहेको पुर्ख्यौली जग्गाको...

कतार र मलेसियामा पसिना बगाएर फर्किए, लक्ष्मीमार्गको पहिचान नै बनाए ‘सकुटी बजार’

कतारमा ६ वर्ष बिताएर फर्केका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष श्रम गरेका दिलीप श्रेष्ठले देशमै सुकुटी व्यवसाय सुरु गरे। सुरुआती दिनमा महिनामा २०–३० किलो सुकुटी बेच्न धौ–धौ हुने प्रेमको पसलबाट...

जालपादेवी केबलकारले कोरिँदैछ सुदुरपश्चिमको समृद्ध आधार

सुदूरपश्चिम। माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ। नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा...

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४.१७ प्रतिशत सुधार

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सोमबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई) को नतिजामा ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड गरेका छन्। गत वर्षको...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना