काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दा ‘हेर्न नमिल्ने’मा परेको छ।
जिल्ला अदालत, काठमाडौंको आदेशविरुद्ध पाटन उच्च अदालत पुगेका लामिछानेको मुद्दा हेर्न नमिल्नेमा परेको हो।
गत फागुन ११ मा उच्च अदालतमा लामिछानेले दिएको निवेदनमाथि आइतबार उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो। तर यसअघि पनि यही मुद्दामा आफूले आदेश गरिसकेको भन्दै निरौलाले मुद्दा हेर्न नमिल्नेमा राखेका हुन्।
यसअघि निरौलाले यो मुद्दामा झगडिया झिकाउने आदेश दिएका थिए। यसअघि हेरेकै मुद्दा फेरि पनि आफूले हेर्दा स्वार्थ बाझिने भएकाले ‘हेर्न नमिल्ने’ मा परेको हो।
लामिछानेले गौशाला-२६ माथि बलात्कार गरेको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका थिए।
लामिछानेलाई आठ वर्ष कैदसहित जरिमाना हुने फैसला जिल्लाले सुनाएको थियो।
त्यसविरुद्ध लामिछाने उच्च अदालत पुगेका थिए।
