कास्की- एथ्लेटिक्सकी खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा खेलकुद क्षेत्रमा पु(याएको योगदानको कदर गर्दै उनलाई सो अवार्ड प्रदान गर्न लागिएको हो। उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिनेछ।
प्रतिभा छनोट समितिको सिफारिस अनुसार मल्ललाई अवार्ड प्रदान गर्ने निर्णय गरिएको मञ्चका अध्यक्ष दिननाथ बरालले बताए। आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ यही वैशाख २८ गते पोखरा सभागृहमा हुँदैछ।
यस अगाडि यस अवार्डबाट कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई र विद्याप्रसाद मर्सानी सम्मानित भइसकेका छन्। एथ्लेटिक्सकी मल्ल कहिल्यै नथाक्ने खेलाडीका रुपमा परिचित छन्। उनी ४० वर्षदेखि खेलकुद क्षेत्रमा सक्रिय छन्।
विसं २०२४ मा भारतको अम्बला केन्ट पञ्जावमा बुबा स्व टीकाबहादुर मल्ल र आमा लक्ष्मीकुमारीको कोखबाट जन्मिनुभएकी ईन्द्रा सानैदेखि खेलकुदप्रति रुचि राख्थिन्। आफ्नो समयको उम्दा खेलाडी ईन्द्राले दर्जनौँं पदक जिनेकी छन्।
उनले एथलेटिक्समा राष्ट्रिय किर्तिमानी पनि बनाउनु भएको छ। बुबा र मामाको प्रेरणाले क्याम्पस जीवनमै खेलकुद सुरु गरेकी थिइन्। उनी एथ्लेटिक्ससहित भलिबल, बास्केटबल, टेबलटेनिस लगायतका खेल खेल्थिन्, तर उनको विशेष रुचि एथ्लेटिक्समा थियो।
मल्ल एक सय मिटर, दुई सय मिटर, चार सय मिटर दौडमा सधैँ प्रथम भइन्। एक हजार पाँच सय मिटर, तीन हजार मिटर, पाँच हजार मिटर र १० हजार मिटरको समेत धाविका बनिन्।
अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घ संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।
मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एकरएक थान टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ। अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही रु ३५र३५ हजार नगद प्रदान गरिने मञ्चले जनाएको छ।


