काठमाडौँ- आमाको हेर्ने दिन अर्थात मातातिर्थ औँसीको अवसर पारेर एनसेलले आमाप्रति समर्पण गर्दै भिडियो ल्याएको छ।
सन्तानलाई हुर्काउने आमाको काखभन्दा प्यारो हुने, यो पर्व परम्परा भएकाले यसलाई मनैदेखि मनाउन र सम्बन्ध सधैं विशेष बनाउन पर्ने सन्देश बोकेको भिडियो ल्याएको हो।
आफूलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद ग्रहण गर्दै यो पर्व मनाइन्छ।
आफ्ना सन्तानलाई जस्तोसुकै परिस्थितिमा पनि सधैं मायाको बन्धनले बाँधि राख्ने आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिने हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ। यो दिनलाई मातृऔंसी एवं मातृ दिवस पनि भनिन्छ।
आफूलाई प्राण दिने दिवङ्गत आमाहरुको सम्झनामा आजकै दिन तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गरेर मातृत्वको स्मरण गर्ने गरिन्छ।
आमाहरु प्रति समर्पित विशेष भिडियो


