काठमाडौँ- काठमाडौँको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
२७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो।
२०४९ देखि बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना भएको आरोप छ।
वैद्य गणेशमान सिंहकी छोरी तथा हाल कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन्। वैद्यकै पालामा बृहस्पति विद्या सदनले बालमन्दिरको जग्गा लिजमा पाएको हो।
यी हुन् पक्राउ पुर्जी जारी भएका आरोपितं
क) नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह ।
ख) नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ |
ग) नेपाल बाल संगठनका तत्कालिन महासचिव श्री गणेश भक्त श्रेष्ठ ।
घ) नेपाल बाल संगठनका तत्कालिन उपमहासचिव सुमन शाक्य ।
ङ) नेपाल बाल संगठनका तत्कालिन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह ।
च) नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले ।
छ) नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल ।
ज) नेपाल बाल संगठनका तत्कालिन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ ।
झ) नेपाल बाल संगठनका तत्कालिन महासचिव प्रचण्डराज प्रधान ।
ञ) नेपाल बाल संगठनका तत्कालिन महासचिव रामकाजी कोने ।
ट) नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष योगेन्द्र बहादुर शाही ।
ठ) नेपाल बाल संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ ।
ड) वृहस्पति विद्यालय व्यवस्थापन प्रा. लि (बृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी ।
ढ) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक प्रविण राज जोशी ।
ण) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का तत्कालिन संचालक मुरारी निधि तिवारी ।
त) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी ।
(थ) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक श्रद्धा संघाई ।
द) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक अभिनव सिंघानिया ।
ध) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक सिद्धार्थ केडिया ।
न) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक किर्ति प्रसाद पाण्डे ।


