काठमाडौँ- शैक्षिक परामर्शदाता संस्था राइटपाथको आयोजनामा यही बैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ हुने भएको छ।
वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ् तथा ८ गते ललितपूरमा गर्ने कार्यक्रम तय भएको राइटपाथले जानकारी दिएको छ।
कन्क्लेभमा २० भन्दा धेरै ख्यातिप्राप्त विश्व विद्यालयका प्रतिनिधिहरुलाई विद्यार्थीहरुले एकै ठाउँमा भेट्न सक्नेछन्।
‘यूनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरुले सत्य तथ्य जानकारी पाउँन सक्नु हुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उदेश्य हो,’ राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले भने, ‘ विद्यार्थीहरुको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्धत पुर्याउँछ।’
उनले विद्यार्थीहरुलाई परीक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उदेश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परीक्षा सकीएकाले पनि धेरै विद्यार्थीहरुका लागि यो कार्यक्रम लाभदायी हुने बताए।
कन्क्लेभका अवसरमा राइटपाथले एप्लिकेसन प्रोसेसिङमा शतप्रतिशत छुट अफर ल्याएको छ। एप्लिकेसन प्रोसेसिङमा सहभागी विद्यार्थीहरूका लागि मुभी टिकट तथा थुप्रै उपहारहरूको पनि व्यवस्था गरिएको संस्थाले जानकारी दिएको छ।
उच्च शिक्षाका लागि अमेरिका जान चाहने विद्यार्थीलाई लक्षित गर्दै २५ हजारसम्मको छात्रवृत्ति योजना ल्याएको छ।
यस्तै ६ हजार लाग्ने अंग्रेजी भाषा परीक्षा आईईएलटीएस तयारी कक्षाको शुल्क २०८१ रुपौयाँमै गर्ने अफर पनि ल्याएको छ।
काठमाडौंको पुतलीसडकमा अवस्थित ख्यातिप्राप्त शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले लामो समयदेखि विद्यार्थीहरुलाई करिअर काउन्सिलिङ गर्दै आएको छ। विगतका वर्षहरुमा पनि राइटपाथले यस्ता कार्यक्रमहरुको नियमित आयोजना गर्दै आएको छ।


