काठमाडौँ- नेपालबाट ११ जनाले जर्मनी नै पुगेर युरोकपका खेल हेर्न पाउने भएका छन्।
यस वर्षको यूईएफए युरोकपको अफिसियल पार्टनर बीवाईडीले नेपालमा पनि लक्की ड्र आयोजना गरेको हो।
बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इन्कले नेपालमा नयाँ स्किम ल्याएको हो।
लक्की ड्रमा श्यामसुन्दर श्रेष्ठ (०७४), विजेन्द्र शाक्य (०८८), दिनेश व्याथ (०२६), शाश्वत गौतम (४०७), कविनराज श्रेष्ठ (३७३), डा. ममता क्षत्री (६५३), सजना पाण्डे (२००), गणेश कँडेल (६६२), विमल गुरुङ (१६२), प्रदीप पौडेल (२२२), जयप्रकाश दास (६९१) छनोट भएका छन्।
छनोटमा पर्न फेब्रुअरी २६ देखि मे ५ सम्म बीवाईडी गाडी बुकिङ गरिसक्नुपर्ने नियमअनुसार लक्की ड्रमा परेका व्यक्तिहरुमध्ये उक्त ११ जना छनोट भएका हुन्।
युरोकप जर्मनीका १० स्टेडियममा आगामी जुन १४ देखि जुलाई १४ सम्म हुनेछ।


