२०८३ कार्तिक २४ गते सोमबार

अनिद्रामाथि सहज विजय’ कृति लोकार्पण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २९
dsary

काठमाडौँ- लेखक निरन श्रेष्ठको ‘अनिद्रामाथि सहज विजय’ नामक कृति लोकार्पण गरिएको छ।

लेखक स्वयम्को अनिन्द्राको लामो अनुभव तथा मुक्तिमाथिको गहन अध्ययनमा आधारित कृतिमा अनिन्द्राकारण बिताउन परेको शारिरीक र मानसिक कष्टपूर्ण जीवनको अनुभूति समावेश छ।

हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकी (कमल), हरिवनस्थित चतुर्भुजेश्वर जनता माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक कृष्णप्रसाद भट्टराई, पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्की, वरिष्ठ पत्रकार धु्रवहरि अधिकारी, पोखरा विश्वविद्यालयका पूर्वउपकूलपति खगेन्द्र भट्टराई, नेपाल सरकारका पूर्वसचिव दिनेशहरि अधिकारीलगायतले आज यहाँ आयोजित कार्यक्रममा संयुक्तरूपमा पुस्तक लोकार्पण गरे।

साङ्ग्रिला टुरिजम एण्ड होटल ट्रेनिङ सेन्टर प्रकाशनद्वारा प्रकाशित कृतिमा अनिद्राबाट उत्पन्न गराएको निराशा, बेचइनी र पीडाबाट संसार नै त्याग्न पर्छ कि भन्ने सोचमा पुगिसकेका लेखकलाई औषधिभन्दा आत्मबलबाटै निदाउन बल प्रदान गरेका घटना र विषयवस्तु सन्देशका रूपमा समेटिएको छ।

‘एकरातको निद्राले सात रात पीर्छ’ भन्ने भनाइ रही आएकामा लेखकको आहार र बिहार ठीकठाक रहदाँ पनि अचानक वर्षौसम्म अनिन्द्राबाट गुज्रनुपरेको घटना र परिवेश पुस्तकमा सटिक र बुँदागतरूपमा राखिएको छ। अनिद्रा मेटाउने क्रममा चिकित्सकबाटै सिफारिस गरिएका औषधिले समस्या निदानको साटो घातक भएको उल्लेख छ।

त्यसअवसरमा नगरप्रमुख बुढाथोकीले चिकित्सकले सिफारिस गरेको भन्दैमा जस्तासुकै औषधिको प्रयोग गर्नुभन्दा एउटा सचेत मानिसको आत्मबल र हिम्मतले कतिपय रोगनिको गर्न सकिन्छ भन्ने उदाहरण पुस्तकमा रहेको बताए। उनले हरिवन नगरपालिका जनस्वास्थ्य नीति तर्जुमा गर्ने अभियानमा जुटेकाले विभिन्न सल्लाह र सुझाव दिई सहयोग पु¥याउन नगरबासीलाई आह्वान गरे।

पूर्वउपकुलपति भट्टराईले राजनीतिक दलहरू सत्ताको लडाईमा रहेकाले जनस्वास्थ्यमा ध्यान नदिँदा जनताले कतिपय गुणस्तरहीन औषधिसमेत खान बाध्यरहेका बताए। पूर्वप्रधानाध्यापक भट्टराईले पछिल्लो समय राजनीतिक नेतृत्वदेखि समाजका सबै तह र तप्काका मानिस केवल लिनमात्रै आएजस्तो भान भएकाले देशप्रतिको जिम्मेवारी, कर्तव्य र लगाव कमजोर हुँदैगएको धारणा राखे।

पूर्वमहान्यायाधिवक्ता कार्कीले अनिन्द्राका विषयमा लेखकले साविति प्रमाणसहितका विषयवस्तु समेटिएको कृतिमा एउटा स्वस्थ्य मानिसका लागि आहार, बिहार र निद्रा उतिकै महत्वपूर्ण हुन्छ भन्ने सुझाव दिइएको बताए। वरिष्ठ पत्रकार अधिकारीले निद्राको विषयलाई केन्द्रमा राखेर अनुभवका आधारमा लेखिएको सानो आकारको पुस्तकमा पढेर नभई परेर जानेका व्यवहारिक स्वास्थ्यसम्बन्धी ठूला सन्देश समेटिएको बताए।

पूर्वसचिव अधिकारीले मुलुकको स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिप्रति औला ठड्याउँदै यस क्षेत्रमा सेवाभाव हुनुपर्छ भन्ने सन्देश कृतिमा रहेको विचार व्यक्त गरे।

त्यसअवसरमा समाजसेवी संगीता श्रेष्ठ, लेखक श्रेष्ठ र हरिवन–काठमाडौ सम्पर्क समाजका पूर्वअध्यक्ष खेमप्रसाद बराललगायतले अनिन्द्रालगायतका समस्याबाट मुक्ति पाउन औषधि उपचारका साथै मनोबल उच्च पार्न आवश्यक रहेको धारणा व्यक्त गरे। कृतिमा अस्पताल र डाक्टरको कुचक्र, मेडिकल क्षेत्र र अनिद्राको उपचार, निन्द्राका गोलीको केही तथ्य, दिमागका नकारात्मक पक्ष, किन अनिन्द्राले सताउँछ? पीडितबाट अन्जानमा हुने केही गल्ती, समाधानका सूत्र, केही बाह्य उपायलगायतका शीर्षकमा लेखकले आफना भोगाई प्रस्तुत गरेका थिए।

प्रकाशित: २०८१ बैशाख २९ गते शनिवार ०८:२४
प्रतिक्रिया

थप समाचार

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना