काठमाडौँ- प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौँको बसुन्धरास्थित चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालि (सीएनएचएमआई) छुट हुने भएको छ।
हस्पिटलका डाइरेक्टर संजीव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत (सीएमओ) रविन्द्र ढकालले छुटसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका हुन्।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट (सीएनएचएमआई) मा पेस गर्नुपर्ने छ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट (सीएनएचएमआई) र मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ।
प्रभु बैंकले ३०२ शाखा कार्यालय, २८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरबाट करिब ३१ लाख ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको दाबी गरेको छ।


