धनगढी– कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।
आइतबार दिउँसो साढे १ बजे कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नदीमा डुबेर गम्भीर अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो।
मृत्यु हुनेमा ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउद छन्।
उपचारका क्रममा खड्काको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा र साउदको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।


