२०८३ कार्तिक २४ गते सोमबार

आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तीकरण आवश्यक छ : उपराष्ट्रपति यादव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ३०
ramsahayak

काठमाडौँ- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक उत्पादकत्व बढाउन, लैङ्गिक असमानतालाई सम्बोधन गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्नका लागि आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तीकरण महत्वपूर्ण आवश्यकता भएको बताएका छन्।

नेपालसहित दक्षिण एसियाली मुलुकका अगुवा महिलाको सहभागितामा ललितपुरमा सुरु भएको ‘साउथ एसियन वुमन्स कन्फेरेन्स अन इकोनमिक इम्पावरमेन्ट (२०२४)’ सम्मेलनको आज उद्घाटन गर्दै उनले डिजिटल रूपान्तरणमार्फत महिला सशक्तीकरण आजको आवश्यकता भएको बताए। उपराष्ट्रपति यादवले केही सामाजिक मान्यताहरू लैङ्गिक समानताका लागि बाधक भएको उल्लेख गर्दै दक्षिण एसियामा आर्थिक वृद्धि, बढ्दो शिक्षा, र घट्दो प्रजनन क्षमताको बाबजुद अधिकांश विकासोन्मुख मुलुकहरूको तुलनामा महिला आर्थिक अवसरबाट वञ्चित हुनु चिन्ताको विषय भएको बताए।

‘आर्थिक सशक्तीकरणमा महिलाको आर्थिक अधिकार, न्यायको प्रवर्द्धन र कार्यस्थलहरूमा लैङ्गिक अन्तर रोक्नुपर्नेजस्ता विषयहरु समावेश छन्,’ उनले भने, ‘त्यसअनुरुप कार्य हुन आवश्यक छ। अझ नीतिनिर्माण र आर्थिक विकासमा महिलाको भूमिकालाई थप एकीकृत गर्दै अघि बढ्न सक्नुपर्दछ।’

उपराष्ट्रपति यादवले राजनीतिमा नेपालले महिला सशक्तीकरणको क्षेत्रमा केही फड्को मारे पनि लैङ्गिक समानता, महिला उद्यमशीलता र वित्तीय स्रोतमा पहुँचजस्ता महत्वपूर्ण क्षेत्रमा अझै काम गर्न बाँकी रहेको छ भने। ‘व्यापार, उत्पादन, पर्यटन व्यवस्थापन, कृषि र अन्य विभिन्न क्षेत्रमा महिला सहभागिता आवश्यक छ,’ उनले भने, ‘महिलाको आर्थिक सशक्तीकरणमा बाधा पु¥याउने चुनौतीलाई पहिचान गरी सामूहिक रूपमा सम्बोधनका लागि यो सम्मेलन कोसेढुङ्गा बन्ने विश्वास लिएको छु।’

उनले महिलालाई विकासको मूलधारमा ल्याउनु आजको संसारमा प्रगति र सान्दर्भिकताका लागि आवश्यक मात्र नभई अत्यन्तै महत्वपूर्ण भएको बताए। ‘यो सम्मेलनले दक्षिण एसियाली महिला उद्यमीहरू र आर्थिक क्षेत्रमा क्रियाशील महिलाबीच नेटवर्किङका लागि एउटा राम्रो अवसर प्राप्त हुने विश्वास पनि लिएको छु,’ उनले भने, ‘नेपाली महिला उद्यमीहरू र सहभागीका लागि नेटवर्किङका अलावा अन्य दक्षिण एसियाली देशहरूबीच संयुक्त व्यापार व्यवसायलाई प्रवर्द्ध्न गर्न सम्मेलनले उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना छ।’

प्रकाशित: २०८१ बैशाख ३० गते आईतबार ०९:१९
प्रतिक्रिया

थप समाचार

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना