काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही मे १९ मा यूएईस्थित बरदुबईको एसके–७ क्लबमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारले प्रस्तुति दिनेछन्।
चर्चित हास्यकलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार, लोकप्रिय लोकदोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ति श्री परियार र कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिनेछन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर यूएईबाट थुप्रै नेपालीले आफ्नो घरपरिवारमा सुरक्षित तरिकाले रकम पठाउन सकेका छन्। आफ्नो ग्राहकवर्ग र यूएईस्थित सम्पूर्ण नेपालीलाई मनोरन्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गर्न लागिएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जानकारी गराएको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा थालेको छ।


