काठमाडौँ- हब इन्टरनेसनल एजुकेसनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेसन फेयर २०२४ आयोजना गर्ने भएको छ।
हात्तीसरमा अवस्थित आफ्नै कम्प्लेक्समा जेठ ५ गते हुने उक्त फेयर कार्यक्रमले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श लिन सहयोग गर्नेछ।
यूके, आयरल्यान्ड, क्यानडा, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, न्युजिल्यान्ड, भारत र दुबईलगायत ८+ देशका ३० भन्दा बढी युनिभर्सिटी र इन्स्टिच्युटका प्रतिनिधिहरूले लक्षित विद्यार्थीहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने भएका छन्।
यसबाहेक, विद्यार्थीहरूले छात्रवृत्ति अवसरहरू र अन्य विभिन्न सुविधाहरूको बारेमा जानकारी प्राप्त गर्ने मौका पाउनेछन्।
ग्रान्ड मल्टी डेस्टिनेसन एजुकेसन फेयरमा भाग्यशाली विजेताहरूले स्मार्टफोन, फूड भाउचर, चलचित्र टिकटहरू र अन्य धेरै रोमाञ्चक उपहारहरू प्राप्त गर्न सक्नेछन्।
‘यो कार्यक्रम शैक्षिक मेला मात्र होइन; यो विदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरूको लागि असीम अवसरहरूको प्रवेशद्वार हो,’ हब इन्टरनेसनल एजुकेसनका चेयरम्यान उद्ववबहादुर खड्काले भने। इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत फारम भरेर वा फोनमार्फत् बुकिङ गर्न सक्नेछन्।


